समाज

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ २३ वर्षीय युवकको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मो. सहजाद आलम रहेका छन ।
शनिवार साँझ बोदे बरसाईन नगरपालिका–७ हैठीमा स ६ प ५०६० नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका आलमको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page