समाज

सप्तरीको कञ्चनरुपमा बसले हायसलाई ठक्कर दिदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनरुप (सप्तरी) , २ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित बेरियमा बिहीवार दिउँसो यात्रुवाहक बसले हायसलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
हाइसमा सवार काठमाण्डौ महानगरपालिकाका ३८ वर्षीय गृषमान सिंह र मोरङगको बिराटनगर महानगरपालिका ३ बस्ने ४१ वर्षका चुडा बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सिंहको घटनस्थलमै र बस्नेतको उपचारको लागि लैजाने क्रममा मत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५०७९ नम्बरको हायसलाई ठक्कर दिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अन्य ६ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर र अन्य ५ जनाको अवस्था समान्य रहेको डिएसपी काफ्लेले बताए । गम्भीर घाइतेको बिराटनगरमा र अन्यको कञ्चनरुप १२ स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन सहित सवारी चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page