समाज

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको घाटी रेटी हत्या

तस्बिर :कृष्ण मण्डल (पत्रकार)

कञ्चनरुप (सप्तरी) , ८ मंसिर । सप्तरीमा एक वृद्धको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बुधवार जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विहानै घरबाट निस्केका बृद्धको छिन्नमस्ता सडक खण्डको झौखराही नामक फुलबारीबाट दिउँसो ४ बजेतिर शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा तिब्र अनुसन्धान थालिएको र हत्याको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page