समाचार

इप्रका कञ्चनपुरमा डिएसपी यादवको हाजिर,शान्ति सुरक्षामा कुनै किसिमको कमी आउन नदिने प्रतिबद्धता

डम्बर राई /
कञ्चनरुप(सप्तरी), मंसीर ७ गते ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरी सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम कुमार यादवले यहाँको हरेक गतिविधिमा आफ्नो सकरात्मक भूमिका रहने बताउनु भएको छ ।
प्रहरीको कर्तव्यवोधमा पर्न आउने कुनैपनि काममा कसर नराखी भेदभाव रहित सेवा प्रदत्त गर्नेछु भनी उहाँले मंगलवार परिचयात्मक कार्यक्रममा प्रण गर्नुभयो । यादवले आफ्नो कार्यकालभरि शान्ति, सुरक्षामा कुनै किसिमको कमी आउन नदिने बताएका छन् ।
सिराहा निवासी प्रहरी नायव उपरिक्षक यादव अन्र्तराष्ट्रिय विमान स्थल काठमाण्डौबाट सरुवा भई आउनुभएको हो । नेपाल सरकार गृह मन्त्रालयले कार्यक्षेत्र र जनघनत्वको आधारमा यस इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षकको दरवन्दीको व्यवस्था मिलाई कार्र्यरत भई आउने मध्ये यादव चौथो हो ।

यस अघि २०७८ असार १६ गते आउनुभएको डिएसपी लोकनाथ तिम्सिनाको कार्तिक २६ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो ।
यस इलाका प्रहरी कार्यालयको अग्नीसाइर कृष्णासवरन, तिरुहुत गाउँपालिका, सप्तकोशी, कञ्चनरुप नगरपालिका र हनुमानगर कंकालनी नगरपालिकाको भारदहसम्म कार्यक्षेत्र पर्दछ ।

परिचयात्मक कार्यक्रममा संचारकर्मी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उधोगी व्यवसायीलगायत स्थानीय बुद्धिजिवी, समाजसेवाीहरुको उपस्तिथि रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page