समाचार

खडकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक र दिप प्रज्वलन

रबि शर्मा /
राजविराज ।
सप्तरीको खडक नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार सडक नाटक र दिप प्रज्वलन गरि मनाइएको छ ।
’घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सडक नाटक तथा साँझ मैनबत्ती प्रज्वलन गरी १६ दिने अभियान आरम्भ गरेको हो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्देश्यले १६ दिनसम्म विशेष अभियान सञ्चालन गर्न विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम गरेका हुन् ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page