समाज

सप्तकोशी नदीमा फोटो लिने र टिकटक बनाउने क्रममा लडेर दमकका ४५ वर्षीय नेपालको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तकोशी नदीमा शनिवार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अहेव पदमा कार्यरत ४५ वर्षीय सुभाष नेपाल कोशी ब्यारेजको पुलबाट लडेपछि उनको मृत्यु भएको छ । स्थानियबासीका अनुसार आफनो फोटो लिने र टिकटक बनाउने क्रममा लडेर झापाको दमक नगरपालिका–६ घर भएका नेपालको मत्यु भएको हो ।
कोशी ब्यारेजको ५२ नम्बरको ढोकामा नेपालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दिउँसो पौने १२ बजे लडेर वेपत्ता भएका नेपालको शव बरामद गरिएको सप्तरी प्रहरीले जनाएको छ।
नेपाल नदीमा लडेसँगै खोजतलाशको क्रममा दिउँसो साढे २ बजेतिर उनको शव बरामद भएको हो ।
घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page