समाज

झापाको कन्काई बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ घाईते

झापा, मंसिर १२ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
आइतबार दउँसो साँढे १२ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षिय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि.एण्ड.सि अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page