समाचार

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान , आज आठौं दिन राजविराजमा सेनेटरी प्याड वितरण

कञ्चनरुप, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आठौं दिन बिहीबार राजविराज स्थित गजेन्द्र चौकमा सेनेटरी प्याड वितरण गरिएको छ ।
जेसीज राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा लैङगिक हिंसा महिला संजालकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सेनेटरी प्याड वितरण गरिएको हो ।

महिलाहरूलाई सेनेटरी प्याडको महत्वको विषयमा जानकारी गराउँनुका साथै महिलाहरुको महिनावरी दिवसको उपल्क्षमा सेनेटरी प्याड समेत वितरण गरिएको जेसीजका पूर्व अध्यक्ष पुनम पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी काकार्यालय सप्तरीका कर्मचारी, परिकल्पना नेपाल, ईन्सेक तथा मानव अधिकारकर्मी, राष्ट्रिय एकता अभियानका प्रतिनिधीहरु, अन्य विभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाज तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page