समाचार

आदिवासी जनजातीको पहुँच संख्यात्मक रुपमा राज्यमा हुन सकेन : मन्त्री साह , कार्यसमितिमा सबै चौधरी

डम्बर राई
कञ्चनरुप, मंसीर २६ गते ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत चयन भएका छन् । देशैभरी मंसीर २५ गते निल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रको निर्देशन बमोजिम शनिवार शम्भुनाथ नगरपालिका स्थित कठौनामा आयोजित तेस्रो जिल्ला अधिवेशनबाट कार्य समितिमा सबै चौधरीकै पकट रहेको छ ।
सात सदस्यीय कार्य समितिमा उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्षमा क्रमश जितेन्द्र प्रसाद, रामनाथ, राधा कुमारी, रञ्जना कुमारी र सदस्यहरुमा शम्भु प्रसाद, अनिता चौधरी चयन भएका हुन् । यस्तै सलाहकार समितिमा प्रीयासिंह थारु, राम बहादुर चौधरी, डम्बर राई। बृजमान तामाङ्ग र प्रमोद चौधरी छन् ।

आयोजित समारोहका प्रमुख अतिथी प्रदेश २ का अर्थमन्त्री माननिय शैलेन्द्र प्रसाद साहले राज्यको कुल जनसंख्याको एक तिहाई जनसंख्या आदिवासी जनजाती छन् तर यी बर्गहरुको राज्य संयन्त्रमा पहुँच हुन नसकेको बताउँनुभयो । उहाँले भन्नुभयो, राज्यमा अहिले पनि शोषण, पिडन, बिभेद जस्ता अमान्य कार्य भइरहेकोले पछाडि पारिएका र दबाइएका पिछडावर्गहरुको अवस्था जस्ता कै तेस्तै छन् ।
आफू पत्रकार भएर काम गरेको दुखद अवस्थालाई स्मरण गराउँदै मन्त्री साहले सप्तरीको पत्रकारहरु चुनौतीपूर्ण अवस्थामा काम गर्नु परेको बताउनु भयो । देशलाई निकास दिनका निम्ती भएका बिभिन्न आन्दोलन वा राज्य संयन्त्र परिवर्तनका लागि यहाँका पत्रकारले उल्लेखनिय भूमिका निर्वाह गरेकाछन् मन्त्री साहले व्यक्त गर्नुभयो ।

समारोहमा प्रसंग बदलेर मन्त्रस् साहले १० कठासम्म जमीन भएका साना किसानहरुलाई मल, खाध, बीउ विजनका लागि १० हजार नगद उपलब्ध गराउँने कार्यक्रम प्रदे सरकारबाट हिजोमात्र पास गरेको जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी प्रदेश २ का उपाध्यक्ष शम्भु झा, आम संचार प्राविधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देव, मानव अधिकारकर्मी तथा सञ्चारकर्मी मनोहर पोखरेल, थारु कल्याकारीणी सभा सप्तरीको अध्यक्ष शिव नारायण थारु, आदिवासी जनजाती महासंघ सप्तरीको अध्यक्ष बृजमान तामाङ्ग, जसपाका विनोद चौधरी, थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुचाइ चौधरी लगायतले अधिवेशनलाई शुभकामना प्रदान गर्दै धारणा व्यक्त गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page