स्वास्थ्य

आज ३ हजार १ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१४ जनाको मृत्यु

काठमाडौँ । आज देशभर ३ हजार १ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थप ८ हजार ७ सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै आज १४ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाको सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् ।
देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page