स्वास्थ्य

आज थप १ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ वटा पिसिआर परीक्षण गर्दा १ हजार १ सय ३ जनामा र ३ हजार २ सय ८८ वटा एन्टिजेनको परीक्षण गर्दा ६ सय ११ गरी १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ ।
त्यसैगरी आज ४ हजार ७ सय ७१ जना संक्रमणबाट निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ ।
देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page