भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।
कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् ।
जनवरी २८ तारेखमा उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उनको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो । जसले सिंगो राष्ट्रलाई शोकमा पारेको छ।
Add Comment