समाज

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जना महिला तथा बालबालिकाको उद्धार

काठमाडौं । चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जना महिला तथा बालबालिकाको प्रहरीले उद्धार गरेको छ ।
चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न गएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आफूहरूले बाटो भूलेको भनेर उनीहरूले राति ८ः३० बजे घरमा खबर गरेका थिए । घरका सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।
महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा बिपद् ब्यबस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली हराई रहेका महिला तथा बालबालिका खोजी कार्यको लागी खटि गई ५ घण्टाको लामो खोजी कार्य पश्चात हराई रहेका महिला तथा बालबालिकाहरूलाई चन्द्रागिरी जंगलबाट फेला पारी सकुशल उद्धार गरेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page