कोशी प्रदेश समाज

झापाको भद्रपुरबाट कटुवा पेस्तोल सहित एक जना युवक पक्राउ

झापा, ,फाल्गुन १ गते । प्रहरीले झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ का २४ वर्षीय मुगालाल माझी रहेका छन ।
आइतबार बिहान गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले भद्रपुर नगरपालिका ६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित माझीलाई पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page