खेलकुद

प्रथम मेयर कप फुटबल प्रतियोगिताको पाचौं दिन वडा नम्बर १ विजयी

कञ्चनरुप, १९ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको पाचौं दिन शनिवार वडा नम्बर १ विजयी भएको छ ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ र ३ बीच भएको खेलमा वडा नम्बर एक ३ गोलले विजयी भएको हो ।
वडा नम्बर १ का जर्सि नम्बर ४ का मनिष चौधरीले पहिलो हाफको १७ मिनेटमा १ गोल गरेर खेललाइ अग्रता दिलाएका थिए भने , जर्सी नम्बर १४ का राकेश चौधरीले पहिलो हाफको २९ मिनेटमा १ गरेका थिए र दोश्रो हाफको २१ मिनेटमा जर्सी नम्बर ४ का मनिष चौधरीले एक गोल गरेर आफ्नो टिमलाइ ३ गोलले अग्रता दिलाएका थिए ।
खेल अवधिमा वडा नम्बर १ ले ३ गोल गर्न सफल भयो भने वडा नं. ३ ले कुनै पनि गोल गर्न सकेन । वडा नम्बर १ जर्सी नम्बर ४ का मनिष चौधरी म्यान अफ दि म्याच भए ।
भोलि आइतबारको खेल कञ्चनरुप ११ र ५ बीच हुने बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page