आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
खेलकुद

मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिता शुरु ,उद्घाटन खेलमा बागमती फुटबल क्लब विजयी

खगेन्द्र कार्की /
फत्तेपुर, २५ चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता शुक्रवार देखि शुरु भएको छ ।
सप्तरी जिल्ला फुटबल संघ तथा न्यु त्रियुगा स्पोट्र्स क्ल्ब फत्तेपुरको आयोजनामा संचालित प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमा बागमती फुटबल क्लब र इटहरी फुटबल क्लब सुनसरी बिच भएको खेलमा खेल शुरु भएको २ मिनेटमा बागमती फुटबल क्ल्बका जर्सि नं. ७ का अनिल थापाले एक गोल गरि टिमलाई अग्रता दिलाएका थिए ।
हाल्प टाइम पछि इटहरी फुटबल क्लबको तर्फबाट जर्सि नं. १४ का दिपेन तामाङले एक गोल गरि खेललाई बराबरीमा पु¥याएका थिए भने खेलको निर्णयाक गोल बागमती फुटबल क्लबका जर्सि नं. १३ का बिमल घिसिङले पुन एक गोल गरि २–१ को अन्तरले बागमती फुटबल क्ल्बले विजयी शुरुआत गरेको छ ।

जिल्ला फुटबल संघ सप्तरी र न्यु त्रियुगा स्पोट्र्स क्लबको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदिय बिकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा संचालित प्रतियोगिताको शुक्रबार प्रमुख अतिथि मधेस प्रदेश शभा सदस्य सत्यनारायण मण्डलले उद्घाटन गर्नुभएको थियो ।
जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष देबेन्द्रमान सिंह बस्नेतको अध्यक्षता तथा मधेस प्रदेश शभा सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखि, नेकपा एमाले नगर कमिटी अध्यक्ष पारस दाहाल, नेपाली काङ्ग्रेस नगर सभापति युवराज खनाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गुणराज कोइराला लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको दोस्रो खेल शनिबार गाइघाट फुटबल कल्ब उदयपुर र डागिहाट युथ क्लब मोरङ बिच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचि अमर खवासले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम र दितिय हुने टिमलाई क्रमशः नगद रु दुई लाख र एक लाख नगद सहित ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिने खवासले जानकारी दिनुभयो ।
प्रतियोगितामा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपर लाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page