कञ्चनरुप, २२ वैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन।
स्थानीय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेसले नगर प्रमुख ,उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै घरदैलो कार्यक्रम शुरु गरेको हो ।
कञ्चनरुप १२ मा वडा अध्यक्ष पदका उम्मेदवार सुरज पोखरेलले नगरप्रमुखका उम्मेदवार ललन प्रसाद गुप्ता, उप प्रमुखकी उम्मेदवार मुना पोखरेल, महिला सदस्य ,दलित महिला सदस्य , खुल्ला सदस्य र सदस्य लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा रुपनगरको कलौनीबाट अभियान सुरु गरेका थिए।

घरदैलो कार्यक्रममा पोखरेलले यसपालि युवालाई मतदान गरि जिताउन वडा वासीलाई अनुरोध गरेका छन् । पोखरेल अहिले आफ्ना संकल्प सहित जनताको माझमा पुगेका छन। घरदैलोको क्रममा वडा अध्यक्ष पदको उमेदवार पोखरेलले आफ्नो प्रतिवधता पत्र र घोषणा पत्र अनुसार काम गर्ने छु भनेर प्रतिबधता समेत गरेका थिए।
१२ नम्बर वडाको विभिन्न टोलमा घरदैलो गरेको जानकारी दिइएको छ ।
नेपालि काङ्ग्रेसका कार्यकर्ताहरु तथा जनताहरुको उत्साहपुर्ण सहभागिता संगै घरदैलो कार्यक्रम शुरु गरिएको वडा अध्यक्षका उम्मेदवार पोखरेलले जानकारी दिए।
















Add Comment