फत्तेपुर, १९ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ।
चन्द्रनहरको पाँच ढोकेमा पौडि खेल्ने क्रममा उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षिय प्रबिण खत्रीको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
खत्री बेलकाबाट फत्तेपुरस्थित आफन्तको घर आएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पौडी खेल्न खोलामा हाम फालेका खत्री पानीमा बेपत्ता भएपछि पानीको मुहान बन्द गरेर खोजतलाश गर्दा मृत अवस्थामा शव फेला परेको थियो ।
मृतक खत्रीको शव हामफालेको स्थानदेखि तीन सय मिटर पूर्व–दक्षिण खोलामा फेला परेको भने मृतकको शव पोस्टमार्टमको लागि चौदण्डिगढि बेल्टार लगिएको प्रहरीले जनाएको छ।
फत्तेपुरस्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु












Add Comment