साहित्य / लेख रचना

आर्त अकुलीनको ‘कमल’ – लघुकथा

गरिब परिवारमा जन्मेको कमललाई विद्यालयमा उसका शिक्षकहरूले भन्थे, “कमल
सरसफाइमा ध्यान नदिने, फोहोरी, धेरै नबोल्ने, घुसघुसे र घमण्डी छ ।”
गाउँका ठुला भनाउँदाहरूको समेत गरिबीको भुमरीमा परेको कमललाई
हेर्ने दृष्टिकोण भने नितान्त फरक नै थियो ।
यस्तो कुरा सुनेर कमलले मनमनै भन्यो,”म गरिब भएर होला…, सबैले मलाई हेला गरेका ।।। ।
हुन त ईश्वरको पनि गरिबकै घरमा बास हुने रहेछ ।”
तर पनि इमान्दार, लगनशील र कर्तव्यनिष्ठ भएर आफ्नो गन्तव्यमा पुग्ने अठोटका साथ
निरन्तर आफ्नो यात्रामा हिँडिरहेको कमलले भन्यो, “यी सम्पूर्ण कर्तुतको जवाफ एक
दिन समयले आफै दिनेछ ।”
अनेक समस्याहरूसँग जुध्दै कमलले अथक परिश्रम पश्चात निजामती सेवाअन्तर्गत
शाखा अधिकृतमा नाम निकाल्न सफल भएपछि गाउँका ठुलाठालु, साथीभाइ तथा
आफन्त सबैले बधाई दिँदै भने, “हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना कमल !”
कमलले मनमनै भन्यो, “आखिर समयको जवाफ समयले नै दिएको छ ।”
गाउँले सबैले भने, “आखिर कमल त हिलोमा नै फुल्ने रहेछ ।”
-आर्त अकुलीन, कैलाली

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page