समाचार

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ ।
शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी प्रधानको नेमकिपाका अध्यक्ष बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई छोरा रहेका छन् ।
प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page