सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
समाचार

कञ्चनरुप -८ बेरियरमा एड्मिज (ADMIZZ NEPAL) नेपालको शाखा कार्यालय उदघाटन

कञ्चनरुप, १० असार । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर -८ बेरियरमा शुक्रवार एड्मिज नेपालको शाखा कार्यालय उदघाटन भएको छ ।
सो कार्यालयको अन्नपूर्ण बहुमुखी क्याम्पस कञ्चनरुप -८ का प्रमुख सुदम्बर यादवले रिबन काटेर उदघाटन गर्नुभएको थियो ।
कार्यालयको उदघाटन गर्दै यादवले सप्तरीको कञ्चनरुप नगरपालिकामा यस्तो उपलब्धी मूलक कार्यालय खुल्नु साह्रै राम्रो काम भएकोले यस कार्यमा सबैले सहयोग गर्नुपने बताउनु भयो ।

नेकपा एकालेका जिल्ला कमिटी सदस्य एवं वडा नम्बर -८ का पूर्व वडा अध्यक्ष राजकुमार साहले कञ्चनरुप नगरपालिकामा विद्यार्थीहरुका लागि बाहिर अध्ययन गर्न जाने वातावरण मिलाउने कार्यालय खुल्नु साह्रै सहनिय काम भएकाले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सो कार्यालयबाट विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि भारत, अमेरिका, अष्ट्रेलिया, उत्तर कोरिया, क्यानडा पठाउने सुविधा रहेको कार्यालयका ब्रान्च मेनेजर अंकित झाले बताउनु भयो ।
कार्यालयका ब्रान्च मेनेजर झाको अध्यक्षतामा शाखा कार्यालयको उदघाटन भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page