समाचार

नागढुङ्गा चेकप्वाइन्टबाट २१०० एम्पुल लागु औषधसहित १ जना पक्राउ

काठमाडौं । काठमाण्डौ चन्द्रागिरी नगरपालीका वडा नम्बर २ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट भारी परिमाणमा लागु औषधसहित १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामडी जिल्ला बस्ने बर्ष १८ को विबेक कुमार रहेका छन ।
नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा महोत्तरी गौशालाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको सार्वजनिक यात्रुबाहक बसमा सवार विबेकलाई पक्राउ गरेको हो ।
उनको साथबाट परिमाणको लागु औषध डाइजापाम ७०० एम्पुल, फेनेरागन ७०० एम्पुल, नुफिन ७०० एम्पुल लुकाई छिपाई ल्याइकोले बरामद गरी निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा निज बिवेक कुमार यादव उपर लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page