कोशी प्रदेश समाचार

बिराटनगरबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ

बिराटनगर, साउन ४ गते । बिराटनगरबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई पक्राउ गरी सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका ४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका ७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका २ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर १२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका ९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान गाउँपालिका ७ का ४४ बर्षीय लक्ष्मण शर्मा रहेका छन् ।
युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका ८ गोरखाका ४५ बर्षीय जिवन गुरुङ, मङहा नगरपालिका ६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका १२ महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका ३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका ५ मकवानपुरका ३६ बर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका ३ महोत्तरीका ४९ बर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका ५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे रहेका छन् ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page