कोशी प्रदेश

पथरीशनिश्चरेमा पैनीको पानीमा डुबी १९ महिनाकी बालिकाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

मोरङ, श्रावण ५ गते । मोरङको पथरीशनिश्चरेमा आज बिहान पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे ९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबी तेह्रथुम छथर गाउँपालिका ३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु रहेको प्रहरीले जनाएको छ ।
बालिकाको आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि मृतकको शवलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page