कोशी प्रदेश

ताप्लेजुङमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु , श्रीमान प्रहरी नियन्त्रणमा

ताप्लेजुङ, ७ साउन । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ स्थितमा शुक्रबार बेलुका श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
फुङ्लिङ ९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बिबादका कारण कुटपिट गर्दा कान्छीमायाको घटना स्थलमा नै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोलीले कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाउनुका साथै घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page