स्वास्थ्य

सप्तरीको खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास

कञ्चनरुप (सप्तरी), २३ साउन । सप्तरीको खडक नगरपालिकाले १५ शैय्याको आधारभूत अस्पतालको आज शिलान्यास गरेको छ ।
संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार बन्न लागेको आधारभूत अस्पतालको खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले शिलान्यास गर्नुभयो । खडक नगरपालिका–८ विसनपुरस्थित १५ कठा १९ धुर जग्गामा सो अस्पताल निर्माण हुन लागेको हो ।
जग्गादाता सुर्यनारायण श्रेष्ठ, लोकेन्द्र्रनारायण श्रेष्ठ र दिपककुमार श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा स्थानीय सरकारलाई संयुक्त रूपमा नै पारित गरेर दिएको नगरपालिकाका प्रशासकिय अधिकृत बसन्त दासले जानकारी दिनुभयो । उक्त जग्गाको मूल्य करिब एक करोड रुपियाँ पर्ने स्थानीय दिपेश चौधरीले बताउनु भयो ।

प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रा.लि. सँग २१ करोड २९ लाख ४ हजार १०९ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता असार १५ गते भएको नगर प्रमुख चौधरीले बताउनु भयो । नगर प्रमुख चौधरीका अनुसार ३ वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
कार्यक्रममा समाजसेवी, राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page