साहित्य / लेख रचना

सप्तरीका मनोहर पोखरेलसहित तीन जना लघुकथाकार सम्मानित हुने

राजविराज, २८ साउन । प्रदेश १ लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा तीन जना स्रस्टालाई पुरस्कृत गर्ने भएको छ ।
लघुकथा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको मूल्याङ्कन गर्दै सप्तरीका मनोहर पोखरेल, सुनसरीकी इन्दु तोदी र मोरंगकी विष्णु भण्डारी आचार्यलाई पुरस्कृत गर्ने निर्णय गरिएको लघुकथा समाजले जानकारी दिएको छ । तीनै जना लघुकथाकारलाई भदौ १० गते विराटनगरमा कार्यक्रमको आयोजना गरी नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने समाजकी अध्यक्ष ममता मृदुलले बताउनु भयो ।
पत्रकारिता, मानव अधिकार र समाजसेवाको क्षेत्रमा परिचित मनोहर पोखरेल साहित्य क्षेत्रमा समेत स्थापित बन्दै जानु भएको छ । सप्तरीको राजविराजमा जन्मनु भएका मनोहर पोखरेल सगरमाथा साहित्य परिषद्का अध्यक्ष र लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ष्ठानका व्यवस्थापक समेत हुनुहुन्छ ।
पत्रकारिता, मानवअधिकार र समाजसेवाका क्षेत्रमा रातोदिन सक्रिय रहेर पनि सप्तरीको साहित्यको रथ हाँकिरहेका पोखरेलेका धेरैजसो साहित्य सामाजिक, मनोवैज्ञानिक, स्वैरकल्पनात्मक र समसामयिक विषयमा आधारित भएर लेखिएका छन् । पछाडि पारिएका निमुखा वर्गलाई साहित्यमा अँटाउदै आएका उहाँको लघुकथामा तराई मधेस, मैथिली भाषाको सुभाष समेत पाइन्छ ।
धनकुटाको चौबिसे गाउँपालिका जन्मनु भएका लघुकथा विष्णु बेलबारी ८ मोरँगमा शिक्षण पेशा गर्नुहुन्छ । कविता, लघुकथा, कथा लेखनमा रुची राख्नु हुने उहाँ पछिल्लो समयमा राम्रो लघुकथा लेख्ने एक नारी हस्ताक्षर हुनुहुन्छ । उहाँ चोटिलो लघुकथा लेख्नु हुन्छ ।
व्यापारमा प्रख्यात मारवाडी समूदायमा यदाकदा जन्म हुने साहित्यिक प्रतिभाको नाम हो इन्दु तोदी । पहिलो मारवाडी महिला लघुकथाकार इन्दु विराटनगरबाट धरान पुगेर धरानलाई नै कार्यक्षेत्र बनाउनु भएको छ । साहित्यमा रुचि राख्ने उहाँ नेपाल अग्रवाल महिला मञ्च, धरानकी अध्यक्ष समेत हुनहुन्छ । उहाँ नेपाली लघुकथामार्फत नारीभित्रको पीडा र अनुभूतिहरूलाई खोतल्न सिपालु हुनुहुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page