साहित्य / लेख रचना

लघुकथा समाजको स्थापना दिवसमा सप्तरीका पोखरेलसहित दुई जना स्रस्टा पुरस्कृत

सप्तरी, १० भदौ । लघुकथा समाज नेपाल प्रदेश १ ले १४ औं स्थापना दिवसको अवसरमा आज दुई जना स्रस्टालाई पुरस्कृत गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा लघुकथा समाजले लघुकथा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको मूल्याङ्कन गर्दै सप्तरीका मनोहर पोखरेल र सुनसरी धरानीकी इन्दु तोदीलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेको समाजकी अध्यक्ष ममता मृदुलले बताउनु भयो । तीन जना स्रस्टालाई पुरस्कृत गरिने भनिएता पनि लधुकथाकार मोरङकी बिष्णु भण्डारी आचार्य बिरामीका कारण अनुपस्थित रहनु भएको थियो ।

प्रमुख अतिथि बरिष्ठ आख्यानकार, नाटक एवम् कथाकार अशेष मल्लले भन्नु भयो – लघुकथा छोटोमा सम्पूर्ण हो । नेपाली भाषा २÷३ दशकसम्म बाँच्छ कि बाच्दैन भन्दै उहाँले चिन्ता व्यक्त गर्दै ठूलो प्रश्न चिन्ह उठेको बताउनुभयो ।
आफ्नो भाषा, सँस्कृतीलाई कहिले बिर्सन हुँदैन उहाँले भन्नुभयो जे मा लाग्यो त्यही ठूलो भन्ने छ । साहित्य र कलाको माध्यम एउटै रहेको बताउँदै साहित्यमा अथाह शक्ति रहेको जानकारी गराउनु भयो । उहाँले भन्नु भयो हामीमा आत्मग्लानी छ । चाहे शब्द, चित्र, क्यामेरा चलाउनु होस, सृजना गर्नुहोस् । सृजनालाई कलाको रुपमा परिणत गर्नुहोस र बालबालिकाको सीपलाई तिखार्न अभिभावकले ध्यान दिनुपर्ने बताउनु भयो ।
विशिष्ठ अतिथि लघुकथा समाज नेपालका अध्यक्ष ओम श्रेष्ठले प्रविधिको विकासले जति सहज बनाएको छ त्यति नै भावनात्मक रुपमा जटिल बनाएको बताउँदै अहिले धेरै समय लगाएर पढ्ने फुर्सद कसैमा विकास नभएको बताउनु भयो । विवस पोखरेलले लघुकथामा पनि जीवन प्रतिबिम्बित हुने र मनले छोएका कुराहरु टिपी हाल्नु पर्ने बताउनु भयो ।
त्यसैगरी समाजको स्थापना दिवसको अवसरमा विधालय स्तरीय लघुकथा प्रतियोगिताका १० जना उत्कृष्ट बालबालिकालाई समेत पुरस्कृत गरिएको छ ।

पत्रकारिता, मानव अधिकार र समाजसेवाको क्षेत्रमा परिचित मनोहर पोखरेल साहित्य क्षेत्रमा समेत स्थापित बन्दै जानु भएको छ । सप्तरीको राजविराजमा जन्मनु भएका मनोहर पोखरेल सगरमाथा साहित्य परिषद्का अध्यक्ष र लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ष्ठानका व्यवस्थापक समेत हुनुहुन्छ । पत्रकारिता, मानवअधिकार र समाजसेवाका क्षेत्रमा रातोदिन सक्रिय रहेर पनि सप्तरीको साहित्यको रथ हाँकिरहेका पोखरेलेका धेरैजसो साहित्य सामाजिक, मनोवैज्ञानिक, स्वैरकल्पनात्मक र समसामयिक विषयमा आधारित भएर लेखिएका छन् । पछाडि पारिएका निमुखा वर्गलाई साहित्यमा अँटाउदै आएका उहाँको लघुकथामा तराई मधेस, मैथिली भाषाको सुभाष समेत पाइन्छ ।
व्यापारमा प्रख्यात मारवाडी समूदायमा यदाकदा जन्म हुने साहित्यिक प्रतिभाको नाम हो इन्दु तोदी । पहिलो मारवाडी महिला लघुकथाकार इन्दु विराटनगरबाट धरान पुगेर धरानलाई नै कार्यक्षेत्र बनाउनु भएको छ । साहित्यमा रुचि राख्ने उहाँ नेपाल अग्रवाल महिला मञ्च, धरानकी अध्यक्ष समेत हुनहुन्छ । उहाँ नेपाली लघुकथामार्फत नारीभित्रको पीडा र अनुभूतिहरूलाई खोतल्न सिपालु हुनुहुन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page