साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ।
शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्यो। जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो।
भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।
४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे। यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३-१ मा पुर्यायो।
नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराउँदा भारतले ३-० गोलको जित निकालेको थियो। नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो। नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ ।
अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ।














Add Comment