समाचार

संविधान दिवसको अवसरमा राजविराज कारागारका १७ जना कैदी रिहा

राजविराज । संविधान दिवसको अवसरमा राजविराज कारागारका १७ जना कैदी रिहा भएका छन् ।
सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देशभरिमा ६८१ जना कैदी बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी अन्तर्गत राजविराज कारागारका १७ जना कारागारमुक्त भएका हुन् ।
कारागार मुक्त हुनेहरुमध्ये ४० प्रतिशत कैद भुक्तान गरिसकेका ४ जना र ५० प्रतिशत कैद भुक्तान गरिसकेका १३ जना कैदीबन्दी रिहा भएका छन् ।
त्यस मध्ये १ जना महिला र १३ जना पुरूष रहेका छन् । एक जना उदयपुर हुन भने अरू सबै सप्तरीका हुन ।
राजविराज कारागारबाट सवारी ज्यान मुद्धाका ६ जना, डाँका मुद्धाका १ र नकावजनी चोरी मुद्धाका २ जना कैदी बन्दी रिहा भएको राजविराज कारागार कार्यालयले जानकारी दिएको छ ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरू झै देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदीको कैद कट्टा गरेकी हुन् ।
यसैगरि देशभरिमा २१ जना कैदीले सजाय माफी पाएका छन् । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको गरिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page