समाचार

जनहित राष्ट्रिय प्राथमिक विद्यालयका विधार्थीहरुलाई पोशाक तथा खेलकुद सामाग्री वितरण

बृजमान तामाङ –
बिरेन्द्र बजार, ६ असोज । सामाजिक सेवा दिवसको उपलक्ष्यमा सेभ द चिल्ड्रन को सहयोगमा सबल नेपालद्वारा जनहित राष्ट्रिय प्राथमिक विद्यालय बनरझुला खडक नगरपालिका ३ मा अध्ययनरत १३ जना बालबालिकलाई पोशाक, खेलकूद सामाग्री, सरसफाई सामाग्री र रंगरोगनका सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालय वयवस्थापन समितिका अध्यक्ष सूर्य नारायण चौधरीको अध्यक्षता तथा खड्ग नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्य एवम ,उप प्रमुख रीता कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा आयोजित एक समारोहका बिच उक्त सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, धर्मी हल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव, सफल नेपालको फिल्ड अफिसर केरुड न्यौपाने , सप्तरी अपांगता संघको अध्यक्ष राम चन्द्र यादव लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विद्यालयको संस्थापक वीरेंद्र कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक देव नारायण मण्डलले गरे ।
उक्त अवसरमा समाज सेवा क्षेत्रमा सराहनीय योगदान पुरयाउने धर्मी हल्फा महिला विकास क्लव सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादव लगायतका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page