समाचार

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

जनकपुर, असोज २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा मुख्यमन्त्री राउतले पनि कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए ।
अब ती मन्त्रालयहरुको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page