खेलकुद

सुनसरीलाई १-४ गोल अन्तरले पराजित गर्दै सप्तरी ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको विजेता

वृजमान तामाङ /
विरेन्द्र बजार । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ घोंघिदाहा स्थित सञ्चालित ४१ औं रनिङ शिल्ड फुटवल प्रतियोगिताको उपाधि अग्निसाईर फुटबल टिम वडा नम्बर २ सितापुर सप्तरीले हात पारेको छ ।
जनचेतना मावि घोंघिदाहाको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा रामधुनी फुटबल क्लब झुम्का सुनसरीलाई १-४ गोल अन्तरले पाराजित गर्दै सितापुर सप्तरीले उपाधि हात पारेको हो ।
निर्धारित ७० मिनेटको खेलमा विजेता टिमको तर्फबाट खेलको पहिलो हापमको ६ मिनेटमा जर्सी नम्बर १३ को कृपा चौधरी १ गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको ३५ औं मिनेट विजेता टिमको तर्फबाट जर्सी नम्बर १३ कै कृपा चौधरीले १ गोल गरेर पहिलो हापमा २ गोलले अग्रता कायम राखे ।
दोश्रो हापमा विजेता टिमले पाएको प्लान्टीको अबसरलाई उपयोग गर्दै जर्सी नम्बर १३ का कृपा चौधरीले गोल गरेपछि ३ गोल अन्तरले सितापुर सप्तरीले अग्रता कायमै राख्यो ।
उपविजेता टिमको तर्फबाट दोश्रो हापको २६ औं मिनेटमा प्लान्टीको अबसर पाएपछि जर्सी नम्बर २१ का संतोष दाहालले १ गोल गर्न सफल भएका थिए । खेलको दोश्रो हापको २६ औं मिनेटमा विजेता टिमका जर्सी नम्बर ८ का शिशिर लेखीले गोल गर्दै जित हासिल गरेको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए ।
जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा आयोजित खेल समापन समारोहमा प्रमुख अतिथी मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले विजेता टिमका खेलाडीहरुलाई नगद ५५ हजार, शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरे । यसैगरी कार्यक्रमका विशिष्ट अतिथी अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उपविजेता टिमलाई नगद ३५ हजार, कप, मेटल र प्रमाणपत्र प्रदान गरे ।
खेल समापन समारोहमा आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष एवम एमाले केन्द्रिय सदस्य राज कुमार लेखी, अग्निसाईर कृष्णासवरन गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, एमालेका केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, गाउँपालिका पुर्व अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी,वडा नम्बर १ का अध्यक्ष सवदुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ५ का अध्यक्ष सवजुल मियाँ, साविक हरिहरपुर गाविस अध्यक्ष बद्री नारायण चौधरी, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङलगायतका विभिन्न दल प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
खेल समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले खेल स्वास्थ जिवनका लागि अपरिहार्य रहेको बताए । उनले राष्ट्रको पहिचान स्थापित गराउने खेलको विकासका लागि प्रदेश सरकारलको सधैसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्तिक ३ गतेदेखि संचालित फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका गरि ८ वटा टिम सहभागी रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page