समाचार

निर्वाचन सुरक्षाका लागि सप्तरीमा ३ हजार भन्दा बढी म्यादी प्रहरी खटे

सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सप्तरीमा ३ हजार भन्दा बढी म्यादी प्रहरी खटेका छन् ।
जिल्लामा ३ हजार २७८ म्यादी प्रहरी खटाइएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै मधेश प्रदेशको ८ वटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइएको जनाएको छ ।
जसमा सबभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सा जिल्लामा २ हजार ७ जना खटाइएको हो ।
सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हमजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको छ ।
मधेश प्रदेशमा म्यादी प्रहरीको लागि ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page