समाचार

सुनसरीमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक

सुनसरी । सुनसरीमा मङ्सिर ४ गतेसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।
कात्तिक २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय अनुसार मतपरिणाम पूर्ण सार्वजनिक नभएसम्म मदिरा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै जिल्लामा भइरहेका राजनीतिक दलका सभा, सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झन्डा लगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page