अन्तराष्ट्रिय खेलकुद

अस्ट्रेलियाले ट्युनेसियामाथि १-० को जित दर्ता

कतारमा जारी फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियामाथि १-० को जित दर्ता गरेको हो ।
अस्ट्रेलियाको जितमा मिचेल डुकीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २३औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै समूह ‘डी’को अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो । तर, ट्युनेसियाले भने पहिलो खेलमा पनि डेनमार्कसँग बराबरी खेलेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page