अन्तराष्ट्रिय खेलकुद

दक्षिण कोरिया पोर्चुगललाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा, जितेर पनि उरुग्वे असफल 

कतारमा जारी फिफा विश्वकप फुटबलबाट एशियाली राष्ट्र दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेको छ ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोरिया ४ अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डोले गोल गर्दै अग्रता दिलाएका थिए । २७ औं मिनेटमा कोरियाका लागि किमले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ यी चानले गोल गरेपछि जित दर्ता गर्दै अन्तिम १६ को स्थान पक्का गरेको हो ।
यस्तै यही समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० गोल अन्तरले पराजित गरेको थियो । तर गोल अन्तरले पछि परेपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गर्न असफल रह्यो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page