खेलकुद

इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल फर्काए ।
फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो । कतारको अल बेत रंगशालामा जारी खेलको १७औँ मिनेटमा फ्रान्सले गोल गरेको थियो । चौमेनीले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए ।
खेलको ५४औँ मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरी दिलाए । उनले पेनाल्टीबाट गोल गरे । खेलको ७८औँ मिनेटमा ओलिभियर जिरुडले हेडर गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।
फ्रान्सले फाइनल प्रवेशका लागि मोरोक्कोसँग सेमिफाइनलमा खेल्नेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page