खेलकुद

मन्त्री साहले सप्तकोशीमा गरे राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिताको समुद्घाटन

सप्तकोशी, २६ मंसिर ।
मधेस प्रदेशका सामाजिक विकास मन्त्री एवं सप्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य नवलकिशोर साहले सप्तकोशी नगरपालिको ओद्राहा स्थित नन्द उच्च माध्यमिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड कप खेल प्रतियोगिताको समुदघाटन गरेका छन । सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालको अध्यक्षतामा आयोजित एक समारोहका बीच मन्त्री साहले खेल प्रतियोगिता उद्घाटन गरेका हुन ।

राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगितालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजकुमार लेखी

नगरका २१ वटा विद्यालयका ३५० भन्दा बढी विद्यार्थीहरुले खेल प्रतियोगितामा सहभागी भएको सो समारोहको विशिष्ट अतिथिको रुपमा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित राजकुमार लेखी रहेका थिए।

ओद्राहा विद्यालयका प्रधानाध्यापक कपलेश्वर यादवले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिको आसनबाट मन्त्री साहले खेलले बालबालिकाको शारीरिक तथा मानसिक विकास गर्नुको साथै गाउँ सहर, जिल्ला, राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा नाम उच्च राख्ने पहिचान गराउने माध्यम समेत भएकोले खेल प्रतियोगिता कार्यक्रमलाई हामीले प्राथमिकता दिनु पर्छ भन्दै मन्त्री साहले ओद्राहा माबि मा पशुविज्ञान प्राविधिक शिक्षाको स्थापना गर्नका लागि मैले समाजिक विकास मन्त्रालयबाट २५र२५ लाख गरी तीन पटक बजेट प्रदान गरिएको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

यसरी नै विशिष्ट अतिथिको रुपमा रहेका प्रदेश सभा सदस्य राजकुमार लेखीले केही दशक पूर्व सप्तरी जिल्लाको साक्षरता ६५ प्रतिशत रहेको र सो पठन पाठनको कमजोरीले गर्दा झरेर हाल ५५ प्रतिशतमा सिमित भएको हुँदा यसतर्फ नेपाल सरकार ,मधेस प्रदेश सरकारका नितिमा सुधार र शिक्षण पेशामा लागेकाहरुले ध्यान दिनु आवश्यक रहेको बताए।

शिक्षक शिव प्रसाद आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा नगरका प्रमुख प्रसासकिय अधिकृत, नगरका ११ वटै वडाका वडा अध्यक्षहरु लगायतका स्थानीय बिशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page