समाचार

पत्रकार झालाई धम्की दिनेलाई कारबाहीको दायरामा ल्याउन ढिलो गरेकोप्रति मञ्चको आपत्ति

राजविराज, २६ मंसिर ।
प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति प्रेस मञ्च नेपाल सप्तरीले आपत्ति जनाएको छ । प्रेस मञ्च सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एक हप्ता बितिसक्दा पनि पत्रकार झालाई धम्की दिने व्यक्तिहरुलाई कारबाहीको दायरा नल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस मञ्च सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार झालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाहीको दायरा ल्याउन नसकेको भन्दै आपत्ति जनाएको छ । प्रेस मञ्च नेपालका महासचिव एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कान्तिपुरकर्मी अबधेश झालाई ज्यान मार्ने धम्की दिने व्यक्तिहरुलाई एक हप्ता बितिसक्दा पनि कुनै कारबाहीको दायरामा नल्याएकोप्रति प्रेस मञ्च नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको नेतृत्वमा मंसिर २० गते गएको पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिंदा समेत अपराधीलाई कारबाहीको दायरामा नल्याउनु स्थानीय प्रशासनको अनुसन्धान फित्तलो भएको हाम्रो ठहर छ, अध्यक्ष तामाङद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, कान्तिपुरकर्मी झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने खालको तस्विर कोरेर धक्की दिंदा समेत संलग्न व्यक्तिलाई कारबाही गर्न आलटाल हुनुले पत्रकारहरूको सुरक्षामा चुनौती थपिएको महसुस गराएको छ ।
प्रेस मञ्च नेपालद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघले प्रहरीमा निवेदन दिंदा पनि अहिलेसम्म अपराधी फेला नपरेको भन्दै निन्दा गरिएको छ । सप्तरीलाई कार्यक्षेत्र बनाएर समाचार संकलन र सम्प्रेषण गर्दै आएको पत्रकार झाले १७ मंसिर को कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शिर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसंग सम्बन्धित छ । उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, प्रेस मञ्च सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो। सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत निवेदनसाथ सलग्न राखी प्रहरीमा बुझाएको छ तर अहिलेसम्म अपराधीहरु फेला नपर्नु प्रहरी अनुसन्धान निन्दनीय छ ।
समाचार लेखेको विषयमा सम्बन्धि पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अबस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्राबधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो। सजादको सामाजिक संजालमा पत्रकार झामाथि ज्यान मार्ने धम्कीसम्म दिएको हुँदा घटनाको छानविन गरि उनीहरुमाथि अविलम्ब कानुन बमोजिम कारबाहीको लागि सरोकारवालासँग माग गर्दछु प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरीले हालसम्म गरेको प्रयासप्रति आभार प्रकट गर्दै थप दवावमूलक कार्यक्रम घोषणा गर्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीले हालसम्म गरेको प्रयासप्रति आभार प्रकट गर्दै थप दवावमूलक घोषणाका लागि आग्रह गर्दछु साथै पत्रकार झामाथि गरिएको अभद्र व्यबहारले सिंगो संचार जगत र संचारकर्मीलाई स्वतन्त्रपूर्वक आफ्ना जिम्मेवारी बहन गर्न त्रास सिर्जना गरेकाले सामाजिक संजालमार्फत आतंकित गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएर पत्रकारहरुलाई शान्तिपूर्ण रुपमा समाचार लेख्ने बाताबरण मिलाई दिन स्थानीय प्रशासनसँग यसै प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दछौं, प्रेस मञ्च नेपाल सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page