समाचार

राजविराज नगरपालिकाले शहदिका परिवारलाई मासिक रुपमा पाँच हजार भत्ता उपलब्ध गराउने

राजविराज । राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवारलाई मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालेको छ ।
मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका नगर क्षेत्रभित्रका शहिद परिवारलाई राहत मिलोस् भन्ने उद्देश्ले नगरपालिकाले मासिक पाँच हजार एक सय सहयोगस्वरुप उपलब्ध गराउन थालेको हो ।
शहिद परिवारलाई जीवन निर्वाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रुपमा भत्ता स्वरुप रु. पाँच हजार एक सय भत्ता सुविधा उपबध गराउने निर्णय गरी शहिद परिवारले शहिद प्रमाण–पत्र, नाता प्रमाणित, नागरिकता प्रतिलिपी सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गरेपछि सो साँचो ठहरिएमा उक्त रकम सहयोग उपलब्ध गराउने प्रावधान राखिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले बताउनुभयो ।
नेपाल सङ्घीयतामा गएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले स्थानीय समस्या स्थानीय सरकारले हेर्ने योजनाअनुसार यस्तो योजना ल्याइएको कार्यवाहक नगरप्रमुख प्रविणले बताउनुभयो । यस्तो योजना ल्याएपछि शुक्रबारसम्ममा नगरका तीन जना शहिद परिवारलाई मासिक रकम उपलब्ध गराइसकिएको कार्यवाहक नगरप्रमुख प्रविणले बताउनुभयो । #सगरमाथा आवाज साप्ताहिक

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page