समाचार

राजविराजमा पुस १७ देखि ३० गतेसम्म बृहत पुस्तक मेला, सम्पुर्ण भाषा र साहित्यको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास

बृजमान तामाङ
राजविराज १७ पुष । सप्तरी सदरमुकाम राजविराजमा रहेको साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ ।
साहित्यकर्मी एवं दहेजमुक्त मिथिला समाजकी राष्ट्रिय संयोजक करुणा झाले आइतबार एक समारोहका विच उक्त मेलाको उदघाटन गरेकी छिन् ।
१४ दिन सम्म चल्ने पुस्तक मेलाको उद्वघाटन गर्दै झाले यस्ता पुस्तक मेलाले सम्पुण राष्ट्र भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गरिन् ।
अन्य भाषा सगै मैथिली भाषा र साहित्यका पुस्तकहरु पनि बढी प्रकाशनमा ल्याउनु पर्नेमा जोड दिदै अन्तराष्ट्रिय मैथिली परिषद नेपालको महासचिव समेत रहेकी उनले मैथिली भाषा साहित्य क्षेत्रमा कलम चलाउने साहित्यकार र प्रकाशक संस्थाहरुलाई यस तर्फ सक्रियता देखाउन आग्रह समेत गरीन । विषेश गरी मधेश प्रदेशमा भाषा, साहित्य, कला संस्कृतीका पुस्तकहरुको अध्ययन गर्ने पाठकको संख्या कम रहेकोमा चिन्ता ब्यक्त गर्दै उनले यस्तो छुट सहितको पुस्तक मेलाले त्यस्ता पाठकलाई आर्कषण गर्न सफल हुने विश्वास ब्यक्त गरिन ।
साझा प्रकाशन राजविराजका शाखा प्रबन्धक मनोज माझीले पठन संस्कृतीको विकास तथा ज्ञानबद्र्धक उपयोगि पुस्तकको विक्री वितरण बृद्धि गर्ने उदेश्यले पुस्तक मेलाको आयोजना गरीएको बताए ।
पुस्तक मेलामा विभिन्न साहित्य, कला, इतिहास, धार्मिक ग्रन्थ, बाल साहित्य, शब्दकोष संग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तकहरु राखिएका उनले जानकारी दिए ।
१ हजार ६ सय भन्दा बढी लेखकको कृती राखिएको पुस्तक मेला पुष ३० सम्म चल्ने र उक्त अवधीमा विभिन्न विद्याका पुस्तकमा २५ देखी ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको प्रबन्धक माझीले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page