कोशी प्रदेश समाज

खाना नपकाएको कारण श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ

झापा, पुष २८ गते । प्रहरीले झापाको अर्जुनधाराबाट खाना नपकाएको कारण श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ९ स्थितमा डेरा गरी बस्दै आएका अरुण गाउँपालिका १ भोजपुरका ३५ वर्षीय बिश्वराज घिसिङ रहेका छन ।
घिसिङले मंगलबार बेलुकी ३६ वर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा तात्तिले पेटमा हानेका थिए । श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page