खेलकुद

सप्तरीमा भोलिदेखि मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने

सप्तरी । सप्तरीमा भोलिदेखि प्रदेशस्तरीय चौथौ संस्करणको मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा माघ १४ गतेदेखि प्रदेशस्तरीय मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा मधेस प्रदेशको आठ जिल्ला गरी ११ वटा टिम र प्रदेश नम्बर १ को सुनसरी ,मोरङ र झापा गरी ३ वटा टिम एवं भारतको सुपौल र सहरसालगायतका दुई वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई रु. १ लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने उपविजेतालाई ५१ हजार नगद, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page