खेलकुद

तिलाठीमा जारी अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन खेलमा राहुल र कंचन विजयी

राजविराज, १५ माघ ।
सप्तरीको तिलाठीमा शनिबारबाट सञ्चालित १३ औं अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको उद्घाटन खेलमा परुुषतर्फ राहुल थापा र महिला तर्फ कंचन विजयी हुनुभएको छ ।
स्व. साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा तिलाठी काइेलाडी गाउँपालिका वडा नम्बर– १ स्थित विद्यालयको खेल मदौनमा आयोजित सो प्रतियोगिताको उद्घाटन कुस्ती खेलमा विभिन्न तौल समहूमा परुुषतर्फ नेपाल नवलपरासीका राहुल थापा तथा महिला तर्फ भारत (हरियाणा) की कंचन विजयी हुनुभएको हो ।
खेलमा विभिन्न तौल समूहमा पुरुषतर्फ नेपालका राहुलले भारत (झारखण्ड राज्य) का हलचल सिंहलाई पराजित गनुर्भएको थियो भने महिलातर्फ भारतकी कंचनले भारतकै बिहार राज्यकी पुनमलाई पराजित गर्नुभएको थियो ।
सरस्वती पूजा, मेला तथा प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुको अध्यक्षतामा सम्पन्न समारोहको उद्घाटन स्व. मिश्रकी आमा चपलादेवी मिश्रले गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page