खेलकुद

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टिममा समावेश भएका हुन ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपलाई निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा सन्दीपको आवश्यकता देखेर समावेश गर्ने निर्णय भएको क्यानले जनाएको छ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page