झापा, माघ २८ गते । झापाको बिर्तामोडमा हात्तीबाट जोगिनको लागि घर वरिपरी लगाइएको विद्युतिय पासोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठ रहेका छन ।
शुक्रबार साढे ११ बजे पिसाव फेर्नको लागी खाली खुट्टा घर बाहिर निस्केका श्रेष्ठलाई आफैले जंगली हात्तीको आक्रमणबाट जोगिनको लागि घर वरिपरी बिधुतिय करेन्ट प्रवाह गरेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेको थियो ।
करेन्ट लागि घाईते भएका श्रेष्ठको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्याल अनारमनीले जनाएको छ ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोडमा हात्तीबाट जोगिन बिधुतिय प्रवाह गरेको तारमा छुन पुग्दा १ जनाको मृत्यु
















Add Comment