समाचार समाज

रायपुरमा ईन्जिनियर यादवले गरे अग्निपिडित परिवारलाई राहत वितरण

बृजमान तामाङ /
बिरेन्द्र बजार, २ फागुन । सप्तरीको रुपनी गाउँपालिका १ स्थित रायपुरमा मंगलबार धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्यनारायण यादवले ४ अग्निपिडित परिवारलाई राहत वितरण गर्नुभएको छ।
अग्निपिडित तेज नारायण यादव, मायाराम यादव, रामविलास यादव र अनिल यादवको घरमा पुगेर ईन्जिनियर यादवले त्रिपाल, लत्ताकपडा, भाँडाकुँडासहितका राहत सामाग्री वितरण गर्नुभयो ।
रुपनी १ स्थित घटना स्थलमा आयोजित एक समारोहका बिच ईन्जिनियर यादवले त्रिपाल, भाँडाकुँडा, झुल, लत्ताकपडासहितका राहत सामाग्री अग्निपिडितहरुलाई प्रदान गर्नुभयो ।

राहत वितरण कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, ईलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक सुर्य नारायण चौधरी, पत्रकार विन्दु यादव, निखिल राउतलगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
गत सोमबार राती भएको आगलागीमा ४ परिवारको १० वटा घर र गोठ पुर्ण रुपले जलेर क्षती हुदा अन्दाजी ३० लाख बराबरको क्षति भएको पीडितहरुले जनाएका छन् ।
सोमबार रुपनी गाउँपालिकाले चामल २५ किलो, दाल ३ किलो, भुजा ३ किलो, तेल १ लिटर, नुन १ किलोको दरले प्रतिपरिवार राहत स्वरुप प्रदान गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page