काठमाडौं । दीपक र दीपाको फिल्म “छक्का पन्जा ४” को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ। फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।
“छक्का पन्जा ४” फिल्मको ट्रेलर सार्वजनिक, फिल्म फागुन १९ गतेदेखि प्रदर्शन












Add Comment