समाचार

सप्तरीमा ऋण मिनाहको माग तथा लघुवित्तको ज्यादती विरुद्ध पीडित आन्दोलनमा

राजविराज ।
सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध तथा ऋण मिनाहको माग गर्दै महिला आन्दोलित भएका छन्। विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै स्थानीयहरु लघुवित्त वित्तिय संस्थाविरुद्ध मंगलबार राजविराजमा आन्दोलित भएका हुन्।
सयौंको संख्यामा आक्रामक रुपमा आन्दोलनमा उत्रिएका उनीहरूले विभिन्न माग गर्दै राजविराजमा धर्ना र विरोधसभा गरेका छन्। जिल्लाको विभिन्न स्थानीय तहबाट आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी २ घण्टा धर्ना दिएका थिए ।

गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै प्रलोभनमा बचतको नाममा रकम लुटेर आफु मोटाउने र समुदायलाई कंगाल बनाउने गरेको पाईएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।
नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
सम्बन्धित पक्षले मागतर्फ गम्भीरता नदेखाए थप सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page